दोलखामा रोकिएको मतगणना पुनः सुरु
दोलखा | मंसिर १६, २०७९
तस्बिर फाइल
दोलखाः दोलखामा मतपत्र हराएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ ।
प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र नभेटिएपछि केहीबेर मतगणना रोकिएको थियो ।
सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एउटा गाउँपालिकाको वडा नम्बर १ को १४७ वटा मतपत्र नभेटिएको एक प्रतिनिधिले बताएका छन् ।
मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । प्रदेशसभातर्फको मतगणना जारी छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

