दोलखामा रोकिएको मतगणना पुनः सुरु
दोलखा | मंसिर १६, २०७९
तस्बिर फाइल
दोलखाः दोलखामा मतपत्र हराएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ ।
प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र नभेटिएपछि केहीबेर मतगणना रोकिएको थियो ।
सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एउटा गाउँपालिकाको वडा नम्बर १ को १४७ वटा मतपत्र नभेटिएको एक प्रतिनिधिले बताएका छन् ।
मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । प्रदेशसभातर्फको मतगणना जारी छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

